उपत्यकामा थप कडाइः सुपमार्केट–सपिङ मलमा यस्तो निर्णय

काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण तीव्ररुपमा फैलिएपछि स्थानीय प्रशासनले थप कडाइ गरेको छ । यसअघिदेखि नै स्मार्ट लकडाउन गर्दै आएको प्रशासनले थप कडा प्रावधानसहितको आदेश जारी गरेको छ । बिहीबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकपछि काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले छुट्टाछुट्टै तर उस्तै प्रकृतिको आदेश जारी गरेर कोरोना नियन्त्रणका लागि पहल थालेका छन् । जसअनुसार सबै प्रकाशरका आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्यासिनोलगायत बन्द गर्ने निर्णय ...

सम्बन्धित सामग्री

सिनेमा र जिम हल माघ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

माघ २, काठमाडौं । कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सरकारले माघ १५ गतेसम्म सिनेमा र जिम हल बन्द गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको जानकारी दिइएको छ । यसैगरी सोही बैठकले माघ १५ गतेसम्मको लागि देशभरका रात्रीकालिन व्यवसायहरु पनि बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै, माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङ मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ ।  सीमा नाकामा कोभिड परीक्षणको दायरा बढाउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।