प्रधानमन्त्री शेरबहादुर देउवाले यही अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने र सरकारका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार नेपाली काँग्रेस पर्साका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । सत्ता गठबन्धन दलबीच गठबन्धन गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्नेबारे छलफल भइरहेको समेत उहाँले बताउनुभयो ।