मोटरसाइकलको 'ब्रेक शु' भित्र सुन लुकाएर तस्करी हुने गरेको तथ्य खुलेपछि आफ्नै पहेँलो सु पनि सुन नै हो कि भनेर झसङ्ङ भएको मान्छे सपनामा पनि तर्सन थाल्यो । सुनको कुरा सम्झेर घरीघरी तर्सने रोगको उपचार के होला त ? सोधीखोजी गर्दै जाँदा थाहा भयो, रक्सी । बेस्सरी रक्सी धोकेपछि पिसाबै सुनजस्तो पहेँलो हुने, पिसाबै पहेँलो भएपछि पहेलो सुन सम्झेर तर्सने रोग आफैँ हराउने !देशमा इमानदार र सोझो त कि आफू कि आफ्ना मान्छे । बाँकी अरू सबै फटाहा र बेइमान । सबै केही न केही काण्डमा मुछिएका । कोही नक्कली भुटानीमा, कोही नक्कली ...