ग्लोबल आइएमई बैंकको तीज क्यास ब्याक अफर

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंकले कुशे औंसी तथा हरितालिका तीज  अवसर पारेर ग्राहक लक्षित विशेष क्यास ब्याक योजना सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ एप्लिकेसन, क्यूआर पेमेन्ट एवं डेबिट तथा क्रेडिट कार्ड प्रयोगलाई बढावा दिन बैंकले क्यास ब्याक योजना सार्वजनिक गरेको हो । क्यासब्याक योजनाअन्तर्गत भदौ  २१ र कुशे औंशीका दिन २२ गते बुबाका लागि कुनै पनि उपहारको खरिदमा गिफ्टु फादर लेखेर  क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत ३ सय रुपैयाँसम्म क्यास ब्याक पाइनेछ । यसैगरी भदौ २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानीमा खरिदको २० प्रतिशत ५ सय रुपैयाँसम्म क्यास ब्याक फिर्ता पाइनेछ । क्यास ब्याक योजनालाई तीज विशेष बनाउन बैैंकले महिलालाई ग्राह्यता दिइने बैंकले बताएको भएको छ । बैंकमा नारी बचत तथा नारी शक्ति बचत खाता रहेका महिलाले डेबिट कार्ड प्रयोग गरी पीओएस÷इकममार्फत ३ हजार वा सोभन्दा बढीको भुक्तानीमा ३ सय रुपैयाँ क्यासब्याक फिर्ता पाउनेछन् ।

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंकका ग्राहकलाई भ्यालेन्टाइन डेमा १५ प्रतिशत क्यास ब्याक अफर

ग्लोबल आइएमई बैंकले ‘भ्यालेन्टाइन डे’ को अवसरमा आफ्ना ग्राहकहरुलाई क्यूआर कोडमार्फत गरिने भुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ । बैंकका ग्राहकहरुले ‘भ्यालेन्टाइन डे’ मा माया, सद्भाव मित्रता र प्रशंसा बाँडुन् भनेर यो अफर ल्याएको बैंकले जनाएको छ । अफर अन्तर्गत सामान खरिद गर्दा ‘मेरी उनीलाइ’ लेखी क्यूआर कोडमार्फत गरिने भुक्तानीमा १५ प्रतिशत...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई ‘भ्यालेन्टाइन डे’ मा १५ प्रतिशत क्यास ब्याक अफर

ग्लोबल आइएमई बैंकले ‘भ्यालेन्टाइन डे’ को अवसरमा आफ्ना ग्राहकहरुलाई क्यूआर कोडमार्फत गरिने भुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ । बैंकका ग्राहकहरुले ‘भ्यालेन्टाइन डे’ मा माया, सद्भाव मित्रता र प्रशंसा बाँडुन् भनेर यो अफर ल्याएको बैंकले जनाएको छ ।अफर अन्तर्गत सामान खरिद गर्दा ‘मेरी उनीलाइ’ लेखी क्यूआर कोडमार्फत गरिने भुक्तानीमा १५ प्रतिशत वा अधिकतम रु. २०० सम्म क्यास ब्याक पाउने व्यवस्था गरिएको छ । यो मौका फागुन  १ देखि २ गतेसम्म रहन्छ ।&