कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले देशको रासायनिक मलको अभाव सधैँका लागि समाधान हुने बताउनुभएको छ । यसपालि पनि रासायनिक मल अभाव हुन्छ कि भनी चिन्ता लागिरहेकोमा अहिलेसम्मको हिसाब गर्दा अब मल अभाव नहुनेमा आफू ढुक्क रहेको उहाँले बताउनुभयो ।
मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले रासायनिक मलका लागि सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएको र मलको दीर्घकालीन समाधान तथा अरूप्रतिको निर्भरता तोड्न सरकारले आफ्नै कारखाना स्थापना गर्न लागेको बताउनुभयो ।