काठमाडौं (अस) । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत देशका ५ विभिन्न अस्पताललाई बेबी वार्मर सहयोग गरेको छ । बैंकले लिपानीबिर्ता स्वास्थ्य चौकी (परवानीपुर, हेटौंडा अस्पताल (हेटौंडा), बेतिनी सामुदायिक स्वास्थ्य चौकी (फापरबारी), चन्द्रनिगाहपुर अस्पताल (चन्द्रनिगाहपुर) र इनरुवा अस्पताल (सुनसरी) लाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर उपलब्ध गराएको हो ।
सम्बन्धित अस्पतालमा आयोजित कार्यक्रममा बैंकका विभिन्न पदाधिकारीबाट अस्पतालका सम्बन्धित अधिकारीलाई बेबी वार्मर हस्तान्तरण गरिएको छ । कार्यक्रममा अस्पतालका डाक्टर, नर्सलगायत सम्बन्धित कर्मचारीलाई बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम दिइएको बैंकले बताएको छ ।