जेठ १५ मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा पहिलोपटक एकजना कोरोना संक्रमित महिलालाई भर्ना गरियो। स्याङजाबाट ल्याइएकी ती महिलालाई आइसोलेसनमा राखेपछि त्यहाँ खटिएका स्वास्थ्यकर्मीलाई भने होटलमा पठाउन थालियो।