गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार एक जनामा सहमति खोज्न बैठक बस्दै

काठमाडौँ – दश दलीय सत्ता गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार एक जनामा सहमति खोज्न आज बैठक बस्ने भएको छ । हिजो बेलुकी बसेको गठबन्धनको बैठकमा उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भए पनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति नजुटेपछि आज फेरि बस्ने गरी बैठक सकिएको थियो । गठबन्धनबाट जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा उपराष्ट्रपतिको उम्मेदवार रहेका […]

सम्बन्धित सामग्री

उपराष्ट्रपतिको उम्मेदवार पुरुष बन्न खोजेको भन्दै एमालेको आपत्ति

नेकपा एमालेले संविधानको मर्म विपरित कतिपय दलले पुरुषलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने प्रयास गरिरहेको भन्दै आपत्ति जनाएको छ।

एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

काठमाण्डाै - नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । शनिवार आज पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनु भएकाे हाे। बाग्मती प्रदेशकी पूर्व मुख्यमन्त्री शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री समेत हुनुहुन्छ । चैत ३ गते हुने उपराष्ट्रपति पदको चुनावका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । ज्ञवालीले गाउँपालिका, नगरपालिकादेखि नै अध्यक्ष/उपाध्यक्ष, मेयर/उपमेयरमध्ये एक जना महिला अघि सारेको सन्दर्भला...

सत्तारुढबाट रामसहाय नै उपराष्ट्रपति उम्मेदवार

२६ फागुन, काठमाडौं । सत्तारुढ आठदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकबाट उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाइने भएको छ । दोस्रो तहका नेताहरु सम्मिलित संयन्त्रको शुक्रबार बसेको बैठकले शीर्ष नेताहरुबाटै उपराष्ट्रपतिबारे औपचारिक निर्णय गर्ने सहमति गरेको हो । ‘भोलि बिहान आठ दलको बैठक बस्दैछ, त्यहीबाट हामी उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउँछौं’, कार्यदलका संयोजक एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का […]

ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जनमत पार्टीको निर्णय

काठमाडौंः जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाउने भएको छ। केन्द्रीय कार्यकारिणी समितिको शुक्रबार बसेको बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपाध्यक्ष अब्दुल खानले बताए। उनले भने, “पार्टीका तर्फबाट ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको हो, गठबन्धन दलसँग छलफल भएको छैन।” जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज ५३…

उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएन कार्यदलले, फेरि बैठक बस्ने

काठमाडौं- उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन भन्दै बसेको नौ दलीय गठबन्धनको कार्यदलको बैठक बिनानिष्कर्ष टुंगिएको छ । सिंहदरवारमा शुक्रबार अपरान्ह बसेको कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठकले उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन नसकेको हो । भोलि शनिबार उम्मेदवार मनोनयन गर्नुपर्ने चुनावी तालिका रहेक...

उपनिर्वाचनमार्फत आफू संसद छिर्ने गरी उपराष्ट्रपतिको उम्मेदवार खोज्दै उपेन्द्र

'पार्टीले निर्णय गरेपछि रामसहायजी उपराष्ट्रपतिको उम्मेदवार नबन्ने कुरा आउँदैन । तर, पार्टीले पहिला निर्णय गर्नुपर्‍यो नि,' उनले भने ।

एमालेबाट अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको उम्मेदवार

नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय

जनता समाजवादी पार्टी (जसपा)ले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज (बिहीबार) बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय कार्यकारिणी समिति सदस्य यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।