दुई निर्वाचन क्षेत्र रहेको गोरखा जिल्लामा प्रतिनिधि सभा सदस्य पदका लागि तीन स्वतन्त्रसहित २१ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । यो जिल्लामा सत्ता गठबन्धनका कांग्रेस र माओवादीसँग एमालेका उम्मेदवारले मुख्य प्रतिस्पर्धा गर्ने देखिएको छ । जिल्लाको निर्वाचन क्षेत्र १ मा एकजना स्वतन्त्र र राजनीतिक पार्टीका नौ जना उम्मेदवार छन्, जसमा नेपाल कम्युनिष्ट पार्टी एमालेका राम शरण बस्नेत, नेपाली कांग्रेसका राजेन्द्र बजगाईं, जनता समाजवादी पार्टी नेपालका रुपेश राना, राष्ट्रिय प्रजात