काठमाडौं । टु–ह्वील ब्रान्ड यामाहाले भर्खरै बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको छ । ‘फ्युल इन्जेक्ट’ (एफआई) प्रविधिको ‘पायोनियर’ यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रे जेडआर १२५ एफआई सार्वजनिक गरेको थियो । यामाहा रेजेडआर १२५एफआई ‘फास्टेस्ड पिकअप’भएको स्कुटर हो । यसले मात्र ७.५९ सेकेन्डमा शुन्य देखि ६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ भने यसको माइलेज सेग्मेन्टमै सबैभन्दा बढी ५८ किलोमिटर प्रतिघण्टा रहेको छ ।