काठमाडौं : भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले आफ्नो ऐतिहासिक पर्व ‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान सुरु गरेको छ।मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले मध्यपुर ठिमीमा मनाइने यो जात्रा अमूर्त कला भएको उल्लेख गरे। नगरपालिकाले यसलाई विश्व सम्पदा सूचीमा समावेश हुने गरी अभियान सुरु गरेको उनले जानकारी दिए।बैशाख ३० देखि जेठ २ सम्म चल्ने याे जात्राको तयारी साथै जात्रालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि प्रचार गरिदिन मेयर श्रेष्ठले सञ्चार