गुन्हुपुन्ही : नेवार समुदायले भ्यागुतालाई भोजन गराए

भक्तपुर : श्रावण शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमालाई नेवार समुदायले गुन्हुपुन्ही पर्वको रूपमा मनाउँछन्‌। यो पर्वको अवसरमा नेवार समुदायले वर्षा गराउन मद्दत गर्ने र विशेषगरी धानखेतका शत्रु कीरा मारेर धानबालीको संरक्षण गर्ने जीव भ्यागुतोको पूजा गरी भात र क्वाँती खुवाएका छन्‌।नेवार समुदायले बिहानै खेतका गरा र पानीको मुहान तथा स्रोतहरूमा समेत पुगेर भ्यागुतोलाई भोजन चढाए। किसानहरूले विभिन्न परिकारका भोजन खुवाएर भ्यागुतोलाई प्राकृतिक देवताका रूपमा पुज्ने गरेका छन्‌।किसानह

सम्बन्धित सामग्री

नेवार समुदायको मौलिक पर्व म्हःपूजा

कला संस्कृतिको धनी नेवार समुदाय वर्षभरि विभिन्न चाड मनाउने क्रममा देवीदेवताको पूजा त गर्छन् नै उनीहरु विभिन्न जीवजन्तुको समेत पूजा गर्दछन् । चाडपर्वलाई मौलिक संस्कृतिका रुपमा विकास गर्न सिपालु नेवार समुदायले घण्टाकर्णमा राक्षसको पूजा गर्दछन् भने गुन्हुपुन्ही अर्थात् जनैपूर्णिमामा भ्यागुताको पूजा गर्छन् ।

नेवार समुदायको मौलिक पर्व म्हःपूजा र नयाँ वर्ष आज मनाइँदै :: Pahilopost.com

लक्ष्मी गारु भक्तपुर: कला संस्कृतिको धनी नेवार समुदाय वर्षभरि विभिन्न चाड मनाउने क्रममा देवीदेवताको पूजा त गर्छन् नै उनीहरु विभिन्न जीवजन्तुको समेत पूजा गर्दछन्। चाडपर्वलाई मौलिक संस्कृतिका रुपमा विकास गर्न सिपालु नेवार समुदायले घण्टाकर्णमा राक्षसको पूजा गर्दछन् भने गुन्हुपुन्ही अर्थात् जनैपूर्णिमामा भ्यागुताको पूजा गर्दछन्। यतिखेर नेपाली समाज तिहारमय भएको छ।