नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को बैठक स्थगित भएको छ । सोमबार दिउँसोको लागि तय भएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको हो । माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले तयारी नपुगेका कारण बैठक स्थगित गरिएको जानकारी दिए।
आजको बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउने एजेण्डा थियो । माओवादीमा मन्त्रीका आकांक्षी धेरै हुँदा नाम टुंगो लगाउन सकस पर्ने देखिन्छ ।