१३ वर्षपछि भारतलाई ओलम्पिकमा स्वर्ण

भारतले १३ वर्षपछि ओलम्पिकमा पहिलो स्वर्ण जितेको छ । भारतका लागि जाभेलिन थ्रो(भाला फ्याँक्ने) स्पर्धामा नीरज चोपराले स्वर्ण पदक दिलाउनुभएको हो । यसअघि सन् २००८ को वेइजिङ्ग ओलम्पिकमा भारतका लागि अभिनव बिन्द्राले स्वर्ण पदक दिलाउनुभएको थियो । एथलेटिक्समा भारतको यो पहिलो स्वर्ण हो । भारतका लागि टोकियो ओलम्पिक सबैभन्दा सफल ओलम्पिक यात्रा रहन गएको छ । टोकियो ओलम्पिकको शनिबारको खेलमा भारतको तर्फबाट नीरज अन्तिम स्पर्धी हुनुहुन्थ्यो । नीरजले स्वर्ण जितेसँगै भारतले टोकियो ओलम्पिक यात्रा एक स्वर्ण, दुई रजत र चार काँस्यसहित सात पदक लिएर टुंग्याएको छ ।

सम्बन्धित सामग्री

ओलम्पिकमा स्वर्ण पदक जित्न भारतले खेलाडीमाथि गर्‍यो ७ करोड खर्च

२८ साउन, काठमाडौं । भारतले ओलम्पिकमा एथ्लेटिक्सतर्फ पहिलो पटक स्वर्ण पदक जितेको छ । केही दिनअघि जापानमा सम्पन्न टोकियो ओलम्पिक २०२० मा भारतीय खेलाडी निरज चोपडाले ज्याभलिन थ्रोमा स्वर्ण जित्दै १३ वर्षपछि भारतलाई व्यक्तिगततर्फ स्वर्ण पदक दिलाए । यस पटक भारतले ऐतिहासिक स्वर्णसहित कुल ७ पदक जित्यो । जुन एकै ओलम्पिकमा भारतले जितेको यो सर्वाधिक […]

स्वर्ण विजेता निरजलाई करोडौंको पुरस्कार

एजेन्सी – टोकियो ओलम्पिक २०२० मा भारतलाई एकमात्र स्वर्ण पदक दिलाउने निरज चोपराले पुरस्कारवापत सरकारी र प्राइभेट संस्थाबाट करोडौं रुपैयाँ पुरस्कार पाउने भएका छन् । निरजले शनिबार एथ्लेटिक्सको ज्याभलिन थ्रोमा ८७.५८ मिटरको प्रदर्शनसहित स्वर्ण पदक जितेका थिए । भारतले १३ वर्षपछि ओलम्पिकमा स्वर्ण जित्न सफल भएको हो । एकल स्पर्धामा यो मात्र दोस्रो पदक हो । यसअघि सुटिङका अभिनव बिन्द्राले सन् २००८ […]

ओलम्पिकमा स्वर्ण जित्ने भारतीय खेलाडीलाई पुरस्कारको वर्षा

ओलम्पिकको ज्याब्लिङ थ्रो स्पर्धामा भारतलाई ऐतिहासिक स्वर्ण पदक जिताउने निरज चोपडाले करोडौं राशीको पुरस्कार पाउने भएका छन्।

भारतलाई १३ वर्षपछि ओलम्पिकमा स्वर्ण पदक

यसअघि सन् २००८ को बेइजिङ ओलम्पिकमा सुटिङका अभिनव बिन्द्राले १० मिटर एयर राइफलमा भारतलाई स्वर्ण दिलाएका थिए   भारतले गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्स विधामा एक सय २१ वर्षपछि स्वर्ण पदक...