जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाको मार्सीधानबालीमा ब्लाष्ट रोगको सङ्क्रमण देखा परेको छ । भित्र्याउन लागेको याममा रोगले धानबालीलाई सखाप पारेपछि किसान चिन्तित बनेका छन् । स्थानीयवासी धनप्रसाद चौलागाईँले ब्लाष्ट रोगको समस्याले धानलाई क्षति गरेको बताए । उनको खेतबाट करिब २२ क्विन्टल धान उत्पादन हुन्थ्यो । त्यही उत्पादनले वर्षभरि पुग्थ्यो । खेतमा पाकेको धानमा आगो लगाउनुपर्ने […]
धानमा विभिन्न रोगको सङ्क्रमण देखिएका छन्। कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार पश्चिम चितवनमा लगाइएको धानमा ढुसी र गभारोको समस्या देखिएको हो।
यस्तै पूर्वी चितवनमा फड्के किरा, मिलिबग,...
गलेश्वर (म्याग्दी), १८ भदौ । म्याग्दीमा लगाइएको धान र कोदो बालीमा गबारो र खुम्रे कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित बनेका छन् । जिल्लाको पश्चिमी र उत्तरी क्षेत्रमा लगाइएको धान बालीमा गबारो रोगको सङ्क्रमण देखिएको छ भने कोदो खुम्रे कीराले नष्ट गरेको किसानले बताएका छन् । धानले गाँज हाल्ने समयमा गबारो कीराको समस्या देखापरेको मालिका […]
नारायणगढ (चितवन), १० भदौ । चितवनको पूर्वी क्षेत्रमा लगाइएको धानमा गबारो रोगको समस्या देखिएको छ । गाँज हाल्ने बेलामा गबारोले गुभो खाएर बोट सुक्न थालेपछि कृषकले लगाएको धानमा गबारो रोगको समस्या देखिएको हो । धानखेतीका लागि यस समयमा मौसम प्रतिकूल भइदिँदा लगाइएको बालीमा गबारो रोगको सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुची त्रिपाठीले […]
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पसाउने बेलाको धानमा रोगको सङ्क्रमण देखिएको छ । जिल्लाको अधिकांश क्षेत्रमा लगाइएको धानमा ह्वाइट फ्लाई (सेतो झिङ्गा)को सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । धान खेतीमा देखिएको सेतो झिङ्गाले पसाउने बेलाको धानको बाला चुसेर खाने गरेको गैँडाकोट नगरपालिका कृषि शाखा प्रमुख राजुप्रसाद शर्माले जानकारी दिए । गैँडाकोटको धेरै ठाउँमा ह्वाइट फ्लाई सङ्क्रमण देखिएकामा चिन्ता व्यक्त गर्दै किसानले धानको उत्पादन घट्ने गुनासो गरेका उनको भनाइ थियो । “नगरभित
पाक्न लागेको धानमा फड्के कीरा लागेपछि यतिबेला झापाका किसान खेतमा धमाधम आगो लगाइरहेका छन् । कीराको सङ्क्रमणले धानबाली सखाप भएपछि खेतमै आगो लगाउन किसान बाध्य भएका हुन् ।
फड्के कीराको संक्रमणका कारण धान उत्पादनको भण्डार मानिने झापामा २ सय २५ बिघामा उत्पादन भएको धान खेतमा नै आगो लगाउनु परेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । धान पसाउने बेलामा फौजी कीराको सङ्क्रमण झेलेका किसान धान पाक्ने बेलामा फड्के कीराको सङ्क्रमण झेलिरहेका छन् ।