पाक्न लागेको धानमा फड्के कीरा लागेपछि यतिबेला झापाका किसान खेतमा धमाधम आगो लगाइरहेका छन् । कीराको सङ्क्रमणले धानबाली सखाप भएपछि खेतमै आगो लगाउन किसान बाध्य भएका हुन् ।
फड्के कीराको संक्रमणका कारण धान उत्पादनको भण्डार मानिने झापामा २ सय २५ बिघामा उत्पादन भएको धान खेतमा नै आगो लगाउनु परेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । धान पसाउने बेलामा फौजी कीराको सङ्क्रमण झेलेका किसान धान पाक्ने बेलामा फड्के कीराको सङ्क्रमण झेलिरहेका छन् ।