नेपाल विद्युत् प्राधिकरणले विपन्न र किसानलाई विद्युत् महसुल छुट दिने निर्णय गरेको छ । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निःशुल्क बिजुली दिने यो निर्णय छिट्टै कार्यान्वयनमा आउने बताइसक्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ऊर्जा विकासको नयाँ रणनीति पनि सार्वजनिक गरेको छ ।
प्राधिकरणले सामाजिक उत्तरदायित्वअन्तर्गत मासिक २० युनिटभन्दा कम बिजुली