बैंकहरूमा विदेशी ऋण लिने क्रम बढ्दै, एनएमबीले तेस्रो पटक ल्यायो

काठमाडौं । लगानी गर्ने रकम अभावमा बैंकहरूले विदेशबाट धमाधम ऋण ल्याउन थालेका छन् । हालै एनएमबी बैंकले आईएफसीसँग २ करोड ५० लाख अमेरीकी डलर ऋण लिएको छ । एनएमबीले यसअघि दुई पटक आईएफसीसँग ऋण लिइसकेको छ । यो रकमबाट नेपालका साना तथा मझौला व्यवसायमा कर्जा प्रवाह हुने बैंकले जनाएको छ । केही दिनअघि सानिमा बैंकले […]

सम्बन्धित सामग्री

सानिमा बैंकले ल्यायो आईएफसीबाट २ करोड अमेरिकी डलर ऋण

काठमाडौं । सानिमा बैंक लिमिटेडले विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी)बाट २ करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ । तरलता अभावलाई मध्यनजर गरी गत आर्थिक वर्षमा नै सानिमा बैंकले आईएफसीसँग सम्झौता गरी विदेशी ऋण ल्याउन प्रयत्न गरेको थियो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिए पश्चात् उक्त रकम यस आर्थिक वर्षमा प्राप्त […]

सानिमाले विदेशबाट ल्यायो साढे २ अर्ब ऋण

सानिमा बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बाट २ करोड अमेरिकी डलर (करिब साढे २ अर्ब रुपयाँ) विदेशी ऋण ल्याएको छ । बैंकले काठमाडौंमा पत्रकार सम्मेलन गरेर बुधबार उक्त जानकारी दिएको हो ।

सानिमा बैंकले आईएफसीबाट ल्यायो २ करोड डलर ऋण

सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तराष्टिय वित्त निगम (आइएफसी)बाट २ करोड अमेरिकी डलर विदेशी ऋण पाप्त गरेको छ । तरलता अभावलाई मध्य नजर गरी गत आर्थिक वर्षमा नै बैंकले आइएफसीसंग सम्झौता गरी विदेशी ऋण ल्याउन प्रयत्न गरेको थियो ।नेपाल राष्ट्र बैंकले स्वीकृति  दिए पश्चात उक्त रकम यस आर्थिक वर्षमा बैंकले प्राप्त गरेको हो। आइएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एस. फइले सानिमा बैंकमा गरिएको यस लगानीले लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा थप सहजीकरण गर्दै नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने लक्ष्य राखेको बताए । उनले लघु, साना तथा मझौला व्यवसायको लगानीले यस क्षेत्रको विस्तार र रोजगारी सिर्जना गर्न सक्षम बनाउने र नगद प्रवाहले नेपालको तरलता संकट तथा घट्दै गएको विदेशी मुद्रा सञ्चितिलाई कम गर्न पनि योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। आइएफसीले नेपालमा एसएमई इकोसिस्टमको विकास गर्न सानिमा बैंकको दृढ प्रतिबद्धताको कदर गर्दै दीर्घकालीन साझेदारीका लागि तत्पर रहने उल्लेख गरेका छन्।सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले अहिलेको तरलताको असहज परिस्थितिमा पनि आइएफसीबाट प्राप्त रकमले MSME Sector मा कर्जा प्रवाह गर्न केहि सहजता हुने बताए। उक्त सम्झौता अनुसार यो रकम लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण प्रवाह गर्न प्रयोग गरिनेछ । समावेशिता तथा दिगो विकासको सिद्धान्तमा आधारित रही बैंकले यो रकम उक्त क्षेत्रमा प्रवाह गर्ने उनले बताए । सानिमा बैंकको देशभर १२७ कार्यालयहरु र १२० वटा एटिएम संजालहरु संचालनमा रहेका छन् ।

लाइबोर खारेजपछि राष्ट्र बैंकले ल्यायो बेञ्चमार्क दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘वान इयर बेञ्चमार्क इन्ट्रेस्ट’ प्रयोगमा ल्याएको छ । करिब चार दशकदेखि विश्वव्यापी वित्तीय क्षेत्रमा ब्याजदर निर्धारणको बेञ्चमार्क रहेको ‘लाइबोर’ गत जनवरी १ मा खारेज गरेपछि केन्द्रीय बैंकले ‘वान इयर बेञ्चमार्क इन्ट्रेस्ट’ प्रयोगमा ल्याएको हो । राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ को अनुसूची...