नयाँ सत्रको विद्यार्थी भर्ना वैशाखमा, जेठ १ देखि पठनपाठन

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैशाखमै शैक्षिकसत्र २०७९ को विद्यार्थी भर्ना तथा विद्यालय स्वागत कार्यक्रम सञ्चालन गर्न देशभरका स्थानीय तह र विद्यालयलाई परिपत्र गरेको छ । यसअघि शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले जेठ १ मा नयाँ शैक्षिक सत्र सुरु गर्ने गरी २०७८ को शैक्षिक कार्यक्रम अघि बढाउन निर्देशन दिएका थिए ।

सम्बन्धित सामग्री

कैलालीको सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दरमा वृद्धि

अङ्ग्रेजी माध्यममा पठनपाठन हुन थालेपछि बढेको आकर्षणसँगै कैलालीका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर बढेको छ ।

चार वटा विद्यालयमा बुधबारबाट पठनपाठन सुचारु

सिमकोट – जिल्लाका चार वटा गाउँपालिकाका सामुदायिक विद्यालयमा हिउँदे बिदापछि विद्यालयमा बुधबारबाट पठनपाठन सुरु भएको छ। फागुन २ गतेबाट विद्यालय सञ्चालनमा आएको भए पनि यो बीचमा विद्यार्थी भर्ना गरिएको कारण कक्षा सञ्चालन ढिलो गर्नुपरेको हो। गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका नायब सुब्बा कृष्णप्रसाद आचार्यले बुधबारबाट गाउँपालिकाका सबै विद्यालयमा पठनपाठन सुरु भएको बताए। यसअघिका गत […]

विद्यार्थी नै नभएपछि हुम्लाको एकमात्र इन्जिनियरिङ स्कुल बन्द हुने अवस्थामा

सिमकोट- डिप्लोमा सिभिल इन्जिनियरिङ विषयमा पठनपाठन हुने जिल्लाको एउटा मात्र विद्यालयमा यसवर्ष विद्यार्थी भर्ना नै नहुँदा विद्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ। जिल्लाको सिमकोट गाउँपालिका- ६ मा रहेको मानसरोवर नमुना माध्यामिक विद्यालयमा भर्ना खोले पनि विधार्थीहरू नआउँदा यस शैक्षिक सत्रको पहिलो सेमेस्टरका लागि भर्ना कार्य नभएको हो। उक्त विद्यालयमा प्रधानाध्यापक अम्मरबहादुर शाहीले यस शैक्षिक सत्रमा […]

अवैध कलेजको ठगी धन्दा, विद्यार्थीको बिचल्ली

१५ मंसिर, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ घलाटेमा दुई तले भवनमा सुवाल इन्टरनेशनल कलेजको बोर्ड राखेर विद्यार्थी भर्ना प्रक्रिया र पठनपाठन नै सुरु भयो । तर, यसबारे न वडा कार्यालयले थाहा पायो न नगरपालिकालाई । सूर्यविनायक नगरपालिकाका शिक्षा तथा युवा खेलकुद शाखाकी अधिकृत उल्झन अधिकारी सुवाल इन्टरनेशनल कलेज भक्तपुर नगरपालिकामा पर्ने जिकिर गर्छिन् । यसो […]

बालविकासदेखि कक्षा पाँचसम्मका सबै विद्यार्थी एउटै काेठामा

सर्लाही । लालबन्दी नगरपालिका–१३ नारायण डाँडामा पर्ने प्राविमा सम्पूर्ण विद्यार्थीलाई एउटै कोठामा राखेर पठनपाठन गराउँदै आएको छ । विद्यालयको बालविकासमा पाँच जना, कक्षा एकमा पाँच जना, कक्षा दुईमा १२ जना, कक्षा तीनमा १३ जना, कक्षा चारमा १२ जना र कक्षा पाँचमा १० जना विद्यार्थी भर्ना भएका छन् । विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर विश्वकर्माले विद्यार्थी भर्ना संख्या […]

पाठ्यपुस्तक नहुँदा पढाइ प्रभावित

बैतडी : नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता भईसक्दा समेत जिल्लाका विद्यालयहरूमा अझै पाठ्यपुस्तक पुग्न सकेको छैन । जेठ १ गते नयाँ शैक्षिकसत्र सुरु भए पनि पनि पुस्तक नपाउँदा पठनपाठनमा समस्या भएको विद्यार्थीहरूको गुनासो छ।विद्यालय खुले पनि बैतडीमा पाठ्यपुस्तक अभावमा पठनपाठन सञ्चालन हुन नसकेको  केदारनाथ आधारभूत विद्यालयका शिक्षक शंकरराम ओडले बताए।  नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गरे पनि पाठ्यपुस्तक अभावमा पठनपाठन अघि बढाउन समस्या भएको उनले बताए। शिक्षा विकास तथा समन्

निजी विद्यालयले चैतमै  लिन थाले भर्ना

प्रि–रजिस्ट्रेसनका नाममा जेम्स र रातो बंगला स्कुलले कक्षा १ मा विद्यार्थी भर्ना प्रक्रिया सुरु गरे शिक्षा मन्त्रालयले आगामी वैशाखमा परीक्षा, नतिजा सार्वजनिक र भर्ना गरी जेठबाट पठनपाठन सुरु गर्ने निर्णय गरेको छ ।...

आजदेखि विद्यार्थी भर्ना अभियान शुरु

असार १, भक्तपुर । सरकारले यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र मंगलवारदेखि शुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले मंगलवारदेखि यस वर्षको शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले भर्ना अभियान र वैकल्पिक विधिबाट हुने पठनपाठनलाई सफल पार्न आह्वान गरेका छन् ।        मन्त्रालयले शिक्षा तथा मानवविकास स्रोत केन्द्रमार्फत सबै जिल्लामा भर्ना अभियान शरु गर्न निर्देशन दिएको थियो । कोभिड–१९ सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि वैकल्पिक विधिबाट पठनपाठनलाई निरन्तरता दिने गरी शैक्षिक सत्र प्रारम्भ गरिएको हो । सरकारले सबै विद्यालयले विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्मको अध्ययन गर्ने देशभरका विद्यार्थीको पठनपाठन शुरु गर्न भर्ना अभियान सञ्चालन गरेको हो ।             केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले असार १ गतेदेखि देशभर भर्ना अभियान शुरुआत भएको जानकारी दिए। केन्द्रले अहिलेको विषम परिस्थितिमा विद्यालयमा भौतिक उपस्थितिमा नभइ अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट आजदेखि विद्यार्थीका कक्षामा अभिलेकीकरण शुरु गरी असार १५ गतेसम्म सम्पन्न गर्न निर्देशन दिएको छ ।             विद्यालयले विद्यार्थीको अभिलेखीकरण पूरा गरी आफ्नो नजिकको विक्रेताबाट पाठ्यपुस्तक खरिद गरेर विद्यार्थीको हातहातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने छ । त्यसपछि विद्यालयले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नसक्ने अवस्थामा वैकल्पिक विधि अनलाइन, रेडियो, टेलिभिजनलगायतका माध्यमबाट विद्यार्थीको सिकाइलाई अगाडि बढाउनु पर्नेछ । कोरोना महामारी घटेर स्थिति सामान्य भएपछि भने विद्यालयले भौतिकरुपमा विद्यार्थीको उपस्थिति गराई कक्षा सञ्चालन गर्न सक्नेछन् ।             कोरोनाका कारण विद्यार्थीसमेत गाउँ गएकाले भर्ना अभियान विगतका वर्षमा जस्तो प्रभावकारी हुनेमा आशंका पैदा भएको छ । विसं२०७६ सम्ममा सरकारले वैशाख १ गतेदेखि १५ गतेसम्म भव्यरुपमा बिभिन्न कार्यक्रम गर्दै भर्ना अभियान सञ्चालन गर्दै आएको थियो ।             विद्यालय जाने उमेर समूहका कोही बालबालिका पनि विद्यालय जानबाट बञ्चित हुन नपरोस भन्दै भव्यरुपमा भर्ना अभियान सञ्चालन गर्ने र घरदैलो अभियान गर्ने गर्दै आएको थियो । विसं २०७७ सालदेखि भने कोरोना भाइरसको महामारीका कारण भर्ना अभियान प्रभावकारी हुन सकेको थिएन । गतवर्ष शैक्षिक सत्र कहिलेबाट सञ्चालन गर्ने भन्दै अन्योल भयो भने साउनदेखि वैकल्पिक विधिबाट पठनपाठन सुरु भएको थियो । यस वर्ष भने सरकारले असार १ गतेदेखि नयाँ शैक्षिक सत्र निर्धारण गरेको हो ।             वैकल्पिक विधिबाट पठनपाठन हुने भएपछि गतवर्ष धेरै विद्यार्थीले पढाई छोडेको आकलन गरेपनि गत वर्ष कति विद्यार्थी भर्ना भए र यस वर्ष कति विद्यार्थी भर्ना हुन्छन् भन्ने तथ्याङ्क समेत केन्द्रले राख्न सकेको छैन ।रासस

आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

काठमाडौं।आजदेखि विद्यालय तहको नयाँ शैक्षिक सत्र देशैभर सुरु भएको छ।दुई महिना ढिलो गरी असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुन लागेको हो। नयाँ कक्षा प्रवेश र भर्ना प्रक्रिया सुरु हुने बताइएको छ। कोभिड महामारीका कारण अहिले अनलाइन पठनपाठन मात्र हुँदै आएको छ। कक्षा १० सम्मका लागि सुरु भएको शैक्षिक सत्रमा असार १५ गतेभित्र पाठ्यपुस्तक वितरण र विद्यार्थी भर्ना गरिसक्नुपर्नेछ।