अनुमति नलिई अस्पताल सञ्चालन गरेको अभियोगमा पक्राउ परेका सञ्चालक र विदेशी डाक्टरलाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले एक साता म्याद थप गरेको छ । तीनजना सञ्चालकसहित १७ जनालाई थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट पहिलो एक साताका लागि म्याद थप गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एसपी जीवन श्रेष्ठले जानकारी दिए ।