छैटौँ वार्षिकोत्सवको अवसर पारेर ‘एचआईबी’ नामक मोबाईल एप्लिकेसन सार्वजनिक गरिंदै

स्वास्थ्य बीमा बोर्डले छैटौँ वार्षिकोत्सवको अवसर पारेर मोबाईल एप्लिकेसन सार्वजनिक गर्ने भएको छ । बोर्डले वार्षिकोत्सवको अवसर पारेर ‘एचआईबी’ नामक मोबाईल एप्लिकेसन सार्वजनिक गर्न लागेको हो । स्वास्थ्य बीमा गराएका नागरिकले उपचार गर्दा कति खर्च भयो भन्ने जानकारी, कति रकम बाकी भन्ने विषयमा उक्त एप्लिकेसनबाट जानकारी गराउने बोर्डका सूचना अधिकारी सोभियत रिजालले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

स्वास्थ्य बीमा सम्बन्धी जानकारी दिने मोबाइल एप्लिकेशन ‘एचआईबी’

स्वास्थ्य बीमा बोर्डले मोबाइल एप्लिकेशन सार्वजनिक गर्ने भएको छ। बोर्डले छैटौँ वार्षिकोत्सवको अवसर पारेर बीमा बोर्डले ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन सार्वजनिक गर्न लागेको छ।

स्वास्थ्य बीमा बोर्डले मोबाइल एप्लिकेशन सार्वजनिक गर्ने

काठमाडौं, चैत २३ गते । स्वास्थ्य बीमा बोर्डले मोबाइल एप्लिकेशन सार्वजनिक गर्ने भएको छ । बोर्डले छैटौँ वार्षिकोत्सवको अवसर पारेर बीमा बोर्डले ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन सार्वजनिक गर्न लागेको विहिबार आयोजित पत्रकार सम्मेलन जानकारी गराइएको थियो ।चैत्र २५ गते सार्वजनिक गरिने यस एप्लिकेसनबाट स्वास्थ्य बीमा गराएकाहरुले उपचार गर्दा कति खर्च लाग्यो, कति रकम बाँकी छ लगायतका विषयमा जानकारी पाइने बोर्डका सूचना अधिकारी सोभियत रिजालले बताए । एचआईबी नामक मोबाइल एप्लिकेसन स्वास्थ्य बीमा दिवसको

हंस बहुउद्देश्यीय सहकारीको  मोबाइल बैंकिङ एप सञ्चालनमा

चितवनको हंस बहुउद्देश्यीय सहकारीले मोबाइल बैंकिङ एप सञ्चालनमा ल्याएको छ । नारायणगढमा रहेको सहकारीले आफ्नै मोबाइल तथा एसएमएस बैंकिङ सञ्चालनमा ल्याएको हो ।  संस्थाको १२औँ वार्षिकोत्सवको अवसर पारेर मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याइएको संस्थाका...

फिल्म ‘एक’मा देश जोगाउने एजेन्टको कथा

काठमाडाैं । चलचित्र घर तत्कालै नखुल्ने सम्भावना भएपछि निर्माता निर्देशक फिल्म रिलिजको लागि डिजिटल प्लेटफर्म विकल्पको रुपमा रोज्न थालेका छन् ।यस्तैमा निर्देशक मनोज पण्डितले फिल्म ‘एक’ पनि डिजिटल प्लेटफर्ममा रिलिज गर्ने भएका छन् । मंगलबार फिल्मको ट्रेलर रिलिज गर्दै निर्देशक पण्डितले फिल्मको रिलिजको बिषयमा समेत जानकारी दिएका हुन् ।घटस्थापनाको अवसर पारेर २१ असोजबाट रिलिज हुने फिल्म डिजिटल प्लेटफर्म सिनेमाघर एप्लिकेसन, डिस होम, नेट टिभी, भाए टिभी, म्याक्स टिभी र ओहो मुभिजमा सःशुल्क ह

ग्लोबल आइएमई बैंकको तीज क्यास ब्याक अफर

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंकले कुशे औंसी तथा हरितालिका तीज  अवसर पारेर ग्राहक लक्षित विशेष क्यास ब्याक योजना सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ एप्लिकेसन, क्यूआर पेमेन्ट एवं डेबिट तथा क्रेडिट कार्ड प्रयोगलाई बढावा दिन बैंकले क्यास ब्याक योजना सार्वजनिक गरेको हो । क्यासब्याक योजनाअन्तर्गत भदौ  २१ र कुशे औंशीका दिन २२ गते बुबाका लागि कुनै पनि उपहारको खरिदमा गिफ्टु फादर लेखेर  क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत ३ सय रुपैयाँसम्म क्यास ब्याक पाइनेछ । यसैगरी भदौ २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानीमा खरिदको २० प्रतिशत ५ सय रुपैयाँसम्म क्यास ब्याक फिर्ता पाइनेछ । क्यास ब्याक योजनालाई तीज विशेष बनाउन बैैंकले महिलालाई ग्राह्यता दिइने बैंकले बताएको भएको छ । बैंकमा नारी बचत तथा नारी शक्ति बचत खाता रहेका महिलाले डेबिट कार्ड प्रयोग गरी पीओएस÷इकममार्फत ३ हजार वा सोभन्दा बढीको भुक्तानीमा ३ सय रुपैयाँ क्यासब्याक फिर्ता पाउनेछन् ।

ग्लोबल आइएमई बैंकको तिज क्यासब्याक योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले कुशेऔँसी तथा हरितालिका तिजको अवसर पारेर विशेष क्यासब्याक योजना ल्याएको छ । मोबाइल बैंकिङ एप्लिकेसन, क्युआर पेमेन्ट एवं डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले...

हाम्रो पात्रोमा नयाँ एप्लिकेसन – हाम्रो कार्ड

काठमाडौं, असोज ५ – लोकप्रिय एप्लिकेशन हाम्रो पात्रोले चाडवाडको विशेष क्षण पारेर पारिवारिक तथा मित्रवत् जमघटमा लोकप्रिय तासका दुर्इ खेलहरू कल ब्र...