सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले माउन्ट केटूको सफल आरोहण गरी स्वदेश फर्किएको कीर्तिमानी आरोही टोलीलाई बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ट्वीट गर्दै नेपालको राष्ट्रिय गान गाउँदै केटूको शिखरमा आरोहण गरेकामा नेपाल र नेपाली गौरवान्वित भएको बताउनुभएको छ ।