संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्रकर्मीका समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका छन् । आज नेपाल चलचित्र सङ्घको ४७औँ वार्षिक साधारणसभाको उद्घाटनसत्रमा उनले चलचित्रकर्मी देशलाई चिनाउने एक धरोहर भएकाले उनीहरूलाई परेका समस्या तथा बाधा अवरोधसहित समस्या समाधानका लागि आफू सधैँ लागि पर्ने बताएका हुन् । मन्त्री आलेले चलचित्रकर्मीलाई आफ्ना चलचित्र छायाङ्कन गर्नका लागि यहाँका पर्यटकीय तथा हिमाली क्षेत्रमा जाँदा आवश्यक पर्ने सहयोगका लागि आफूसहित मन्त्रालय सधैँ