प्रहरी प्रधान कार्यालयले संगठनको आधुनिकीकरण तथा रूपान्तरणको खाका ल्याउने भएको छ । संघीय संरचनाअनुसार प्रहरी समायोजनपछिका ५ वर्ष र १० वर्षमा शान्तिसुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण, त्यसमा प्रविधिको प्रयोग, जनशक्तिको वृत्ति विकास, सेवासुविधालगायत विषय समेटेर नेपाल प्रहरीले रूपान्तरणको मोडालिटी बनाउन लागेको हो । नयाँ खाका प्रहरी समायोजनअघि नै लागू गर्ने तयारी छ ।