३ पुस, लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार घुस लिएको आरोपमा जिल्ला प्राविधिक कार्यालय सिरहाका इन्जिनियर रामबहादुर यादवलाई लहानबाट पक्राउ गरेका छन् ।
रामजानकी कन्स्ट्रक्सन दर्ताको लागि सिफारिस गरिदिए बापत इन्जिनियर यादवले घुस मागेका थिए । घुस वापतको ८ हजार रुपैयाँ यादवले महावीर मिष्ठान्न भण्डारमा आएर रामजानकी कन्स्ट्रक्सनका प्रोपाइटरबाट लिएका …