आज साउनको पहिलो सोमबार । साउन महिनाको अर्को रौनक हो बोलबम काँवरिया । निश्चित समूह बनाएर हरेक सोमबार पानीको मुहान नजिक गएर चोखो पानी लिएर शिवालयसम्म पुगेर अर्पण गर्ने र चोखो नितो गर्ने चलनलाई बोलबम भनिन्छ । देशका विभिन्न भागमा बोलबम यात्रा सुरु छ । काठमाडौँको पशुपति बोलबम मेला भर्नका लागि नेपाल साथै छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरू आउने गरेका छन् ।साउन महिनाको सोमबार हिन्दू धर्माबलम्बी नारीहरूले भगवान् शिवको पूजा आराधना गर्छन्। साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । दिनभर