काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेकपाको आधिकारिकता खोसेका ऋषि कट्टेल आफैँ नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षबाट हटाइएपछि सर्वोच्च अदालत पुगेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको अधिकारिक व्यक्ति आफू भए पनि लोकनाराण सुवेदीका नाममा निर्वाचन आयोगले पार्टी अध्यावधिक गरेको भन्दै रिट निवेदन लिएर उनी सर्वोच्च पुगेका हुन् ।...