काठमाण्डाै – अन्तर्राष्ट्रिय बजारमा अहिलेकै गतिमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै जाँदा प्रतिमहिना निगम १० अर्ब रुपैयाँसम्म घाटामा जान सक्ने नेपाल आयल निगमले बताएको छ । रुस र युक्रेनबीचको द्वन्द्वका कारण पछिल्लो समय डलरको मूल्य अत्यधिक बढ्दै गएकाले प्रेट्रोलियम पदार्थकाे मूल्य बढ्दा निगमलाई प्रतिमहिना १० अर्ब रुपैयाँसम्म घाटा हुने निगमले बताएको छ । निगमले अमेरिकी डलरको मूल्य ९५ रुपैयाँ हुँदा निर्धारण गरेको मूल्य अहिले बढेर १५ दिनमा दुई अर्ब रुपैयाँ घाटा र महिनाको पाँच अर्ब रुपैयाँ घाटामा पुगेको अवस्था रह...