काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मुलुकमा राजसंस्था हुनैपर्ने अवस्था आएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित राप्रपा र मिश्र नेतृत्वको वृहत्तर ध्रुवीकरण समूहबीचको एकता कार्यक्रममा बोल्दै उनले राष्ट्रपतिजस्तो संस्थाले समेत इमान्दारीपूर्वक काम गर्न नसकेकाले मुलुकमा राजसंस्था हुनैपर्ने बताएका हुन्। उनले भने, ‘हामी कमजोर र भ्रष्ट सरकार र समाज लिएर बसेका छौं। जहाँ राष्ट्रपति संस्था, जुन राजनीतिक भन्दा माथि उठ्नुपर्ने हो। त्यो संस्थ