काठमाडौँ – एसपिपीदेखि नागरिकता विधेयकसम्म आइपुग्दा चर्चा र विवादमा तानिएकी राष्ट्रपति विद्यादेवि भण्डारीले सक्रियता झन् बढाएकी छिन्। नागरिकता विधेयक फिर्ता गर्नुअघि विभिन्न पक्षलाई राष्ट्रपति भवन शीतलनिवासमा बोलाएर छलफल गरेकी भण्डारीले सेनाबाट अवकाश पाएका उच्च अधिकारीहरुलाई सामूहिक भोज दिने तयारी गरेकी हुन्। शीतल निवास स्रोतका अनुसार आउदो भदौ ८ गते भण्डारीले शीतलनिवासमै भोज गर्न लागेकी हुन्। […]