धनकुटामा दम्पत्ति मृत भेटिए, श्रीमतीकाे हत्यापछि श्रीमानले आत्महत्या गरेकाे आशंका

धनकुटा : जिल्लाको पाख्रिबास नगरपालिका–७ राम्चेस्थित जंगलमा मंगलबार एक दम्पत्ति मृत फेला परेका छन। मृत्यु हुनेमा पाख्रिबास नगरपालिका–६ तिल्केका करिब २२ वर्षीय सुनिल थापा र २० वर्षीया सृजना गुरागाँई रहेको प्रहरीले जनाएको छ। थापा झुन्डिएको र गुरागाँई भुइमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी सन्तुलाल जैशवालले जानकारी दिए। मृतक दुवै श्रीमान श्रीमती पुष्टि भएको जैशवालले बताए। युवकले युवतीको हत्या गरि आफूले आत्माहत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाबारे बिहान ११ बजे स्थानीयले प्रहरीलाई...