काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । समताले मनकामना लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा बिहीवार (आज) बिहान १०ः१५ बजे सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
समतासँग प्राप्तिसम्बन्धी सम्झौता भएसँगै मनकामना लघुवित्तका आधारभुत शेयरधनीको शेयर कारोबार बजारमा रोक्का हुने भएको छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनबमोजिम बैंक तथा वित्तीय संस्था गाभ्ने र गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली एवं धितोपत्रसम्बन्धी तथा अन्य प्रचलित कानुन र नेपाल राष्ट्र बैंकको नीति निर्देशन अनुसार प्राप्तिसम्बन्धी प्रक्रिया अघि बढेको हो ।