चीनमा देशभित्रै सङ्क्रमित भएकाहरुको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । चीनमा पछिल्लो समयमा कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढ्न थालेको बताइएको थियो । त्यसपछि उत्तरी चीनको सियान सहरमा अघिल्लो महिना लकडाउन गरिएको थियो । यहाँका अधिकारीहरुले सियानका एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन दिएका थिए ।डिसेम्बरको मध्यतिर दैनिक १५० जना भन्दा बढीमा कोभिड पुष्टि भएपछि सरकारले लकडाउन गरेको थियो । चीनले कोभिड पूरै नियन्त्रण गर्ने कडा रणनीति बनाएको छ । महामारी रोक्न त्यस