सुदूरपश्चिम प्रदेशमा अझै पनि एक हजार ८२ मुक्त कमैया पुनस्र्थापनाको पर्खाइमा रहेको दाबी गरिएको छ । कमैया मुक्ति घोषणा भएको दुई दशक भइसक्दा पनि सबै मुक्त कमैयाको उचित पुनस्र्थापना हुन सकेको छैन । कैलालीमा ९५३ र कञ्चनपुरमा १२९ मुक्त कमैयाको पुनर्स्थापना हुन बाँकी रहेको मुक्त कमैयाको क्षेत्रमा पैरवी गर्ने सङ्घ संस्थाले दाबी गरेका छन् ।