काठमाडौं : चालु आर्थिक वर्षको मौद्रिक नीति जारी भएको दिन गत आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक त्यसपछिका ३ दिन भने लगातार ओरालो लागेको छ।सोमबार र मंगलबार दोहोरो अङ्कको गिरावट देखिएको नेप्से परिसूचक आज (बुधबार) ८ दशमलव ११ अङ्कले घटेर २ हजार १५६ दशमलव २० अङ्कमा कायम भएको हो। आज २६० कम्पनीको ७३ लाख ९९ हजार ४७४ कित्ता शेयर ४२ हजार ७१४ पटक खरिद–बिक्री हुँदा २ अर्ब ४३ करोड २५ लाख ८ हजार ७६९ रुपैयाँ बराबरको कारोबार भएको छ।वित्त समूह १ दशमलव ६१, म्युचुअल फन्ड शून्य