स्वीस बैंक पनि धराशायी हुन लागेको हो ? 'क्रेडिट स्वीस'ले माग्यो एकैपटक ४५ अर्ब यूरो कर्जा

काठमाडौं । अमेरिकामा एकपछि अर्को गर्दै बैंकहरू धराशायी बन्दै गएका छन् । यसको असर अमेरिकाको बैंकिङ क्षेत्रमा त परेको छ नै यूरोपका अन्य प्रमुख कर्जादाताहरूसम्म पनि देखिएको छ । एकातिर बैंकिङ क्षेत्रप्रति लगानीकर्ता र निक्षेपकर्ता दुवैको विश्वास डगमगाएको छ भने शेयर बजारमा पहिरो जाँदा बैंकहरूलाई आफ्नो तरलता बढाउन अनि लगानीकर्ताहरूलाई आश्वस्त पार्न बासलात बढाउनुपर्ने बाध्यता छ । यस्तोमा स्वीस बहुराष्ट्रिय बैंक क्रेडिट स्वीसले पनि केन्द्रीय बैंकसँग ४५ अर्ब यूरो कर्जा मागेको छ । बैंकको शेयर मूल्य एकै दिन ३० प्रतिशतले घटेपछि बैंकले केन्द्रीय बैंकको सहारा मागेको हो । सो बैंकको सबैभन्दा ठूलो शेयरधनी साउदी नेशनल बैंकले क्रेडिट स्वीसमा थप लगानी नगर्ने बताएपछि बैंक चपेटामा आएको हो । अहिले डिफल्टको अवस्थामा बैंकहरूको ऋणपत्र बीमाको लागत बढेर सन् २००८ को विश्वव्यापी वित्तीय संकटयताकै उच्च स्तरमा उक्लिएको छ । सिलिकन भ्याली बैंकको अवसानयता बैंकको समस्या बढेको थियो । यसमा साउदी नेशनल बैंकको अभिव्यक्तिले आगोमा घ्यूको काम गरिदिएको छ । यसले क्रेडिट स्वीसको वित्तीय स्वास्थ्यबारे नयाँ भय बढाएको विश्लेषण गर्न थालिएको छ । सिक्स स्टक एक्सचेञ्जमा कारोबार बन्द हुँदा बुधवार क्रेडिट स्वीसको शेयर मूल्य अघिल्लो दिनको भन्दा २४ प्रतिशत तल आएर बन्द भएको थियो । सन् २०२१ को फेब्रुअरीको तुलनामा शेयरको मूल्य ८५ प्रतिशतभन्दा धेरैले गुमिसकेको छ । बिहीवार बिहान बैंकले आफ्नो तरलता बढाउने उपायहरूको घोषणा गरेको छ । बैंकले सहायता नगद वा कर्जाको स्वरूपमा आउँछ कि अन्य स्वरुपमा भनेर खुलाएको छैन । अहिलेको लागि आफ्नो दायित्व पूरा गर्न बैंकसँग पर्याप्त रकम भएको नियामकहरूले बताएका छन् । एजेन्सी

सम्बन्धित सामग्री

विश्वविद्यालय धराशायी पार्न कति जिम्मेवार छन् 'बिचौलिया'जस्ता विद्यार्थी नेता ?

कुनै बेला विद्यार्थी संगठन हाँकेका नेताहरू राज्यका निर्णायक तहमा भएकाे बेला नेपालकाे विश्वविद्यालय शिक्षा धराशायी भइरहेकाे छ ।

उदयपुर सिमेन्ट उद्योग दिनानुदिन धराशायी

निजी क्षेत्रले सञ्चालन गरेका सिमेन्ट उद्योग नाफामा छन् । विदेशी बजारमा समेत निर्यात गर्न सुरु गरेका छन् । तर, सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग दिनानुदिन धराशायी बनेको छ। व्यवस्थापकीय नेतृत्वको लापरबाहीले उद्योग अप्ठ्यारो अवस्थामा गुज्रिएको हो । उद्योग अहिले बन्द अवस्थामा छ। दसैँपछि केही दिन खुलेको उद्योग छठ बिदा सकिएपछि पनि सञ्चालनमा आएको छैन ।उद्योग सञ्चालनको पहल गरिदिन त्यहाँका ट्रेड युनियनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुरोध गरेका छन् । उच्च व्यवस्थापनले उद्योगलाई धराशायी

धराशायी बन्दै हेटौँडा सिमेन्ट उद्योग चार वर्षमा साढे ६५ करोड घाटा

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग धराशायी बन्दै गएको छ । हेटौँडा सिमेन्टको उत्पादन क्षमता र बिक्रीसमेत घट्दा निरन्तर घाटा व्यहोर्दै धराशायी बन्दै गएको हो । उद्योगले पछिल्लो चार वर्षदेखि निरन्तर घाटा व्यहोर्दै...

कम्युनिष्ट आन्दोलन धराशायी, आउँदो निर्वाचनमा कांग्रेसको बहुमत आउँछ : वामदेव

काठमाडौँ- नेकपा राष्ट्रिय एकता पार्टी अध्यक्ष वामदेव गौतमले कम्युनिष्ट आन्दोलन धराशायी बनेको बताएका छन् । काठमाडौँमा मंगलबार पत्रकार सम्मेलन गर्दै आफू नेतृत्वमा ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका गौतमले आफूले जीवन समर्पित गरेको कम्युनिष्ट आन्दोलन धराशायी बनेपछि नयाँ राजनीति दल खोल्नुपरेको बताए । आफूले नै निर्माण गरेको पार्टी र आन्दोलन धराशायी बनेको हेरेर बस्न नसक्ने […]

‘अर्थतन्त्र धराशायी भएको छैन’

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र धराशायी नबनेको बताएकी छन् । शनिबार काठमाडौं विद्युतीय व्यवसायी संघको १२औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले बजारमा अनावश्यक हल्ला फैलिरहेकाले हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धराशायी नबनेको बताएकी हुन् ।हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने कार्य गलत भएको उनको भनाइ छ । “बजारमा हल्ला फैलाइएजस्तो देशको अर्थतन्त्र […]

बजारको हल्लाजस्तो अर्थतन्त्र धराशायी भएको छैन : मन्त्री झाँक्री

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र बजारमा हल्ला चलेजस्तो धराशायी नभएको बताएकी छन् । हिजो (शनिबार) आयोजना भएको विद्युतीय व्यवसायी सङ्घको १२औँ वार्षिक साधारण सभामा उनले बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धराशायी नबनेको स्पष्ट पारिन् । मन्त्री झाँक्रीले हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने कार्य गलत भएको त्यसो नगर्न आग्रह गरिन्। उनले […]

अर्थतन्त्र धराशायी भएको छैन : मन्त्री झाँक्री

काठमाडौँ– शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र धराशायी नबनेको बताएकी छन् । उनले बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धराशायी नबनेको बताएका हुन् । शनिबार काठमाडौँ विद्युतीय व्यवसायी संघको १२ औँ वार्षिक साधारणसभामा मन्त्री झाँक्रीले हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने कार्य गलत भएको बताइन् । उनले भनिन्, ‘बजारमा हल्ला फैलाइएजस्तो देशको अर्थतन्त्र धराशायी बनेको […]

धराशायी संस्थान सुधारका लागि अर्थ मन्त्रालयले बनायो कार्यदल

अर्थ मन्त्रालयले आफ्नो मातहतमा रहेका धराशायी सार्वजनिक संस्थानहरूलाई सुधारका लागि विशेष कार्यदल बनाएको छ । धराशायी अवस्थामा सञ्चालित सार्वजनिक संस्थाहरूको सुधारका लागि सरकारले यसअघि धेरै लगानी उपलब्ध गराउँदा र ऋणको व्यवस्था गर्दा पनि अपेक्षाकृत रूपमा माथि उठ्न नसकेको भन्दै अर्थ मन्त्रालयले यस्ता धराशायी सार्वजनिक संस्थान सुधारका लागि विशेष कार्यदल बनाएर अघि बढ्ने प्रक्रिया थालनी गरेको हो । अहिलेको मागअनुरूप आवश्यक देखिएमा धराशायी अवस्थाका संस्थानहरूलाई कम्पनी मोडलमा लगेर सार्वसाधारणलाई लगानी सुनिश्चित गर्ने योजना पनि अर्थ मन्...

धराशायी संस्थान सुधारका लागि अर्थ मन्त्रालयले बनायो कार्यदल

काठमाडौं । अर्थ मन्त्रालयले आफ्नो मातहतमा रहेका धराशायी सार्वजनिक संस्थानहरूलाई सुधारका लागि विशेष कार्यदल बनाएको छ । धराशायी अवस्थामा सञ्चालित सार्वजनिक संस्थाहरूको सुधारका लागि सरकारले यसअघि धेरै लगानी उपलब्ध गराउँदा र ऋणको व्यवस्था गर्दा पनि अपेक्षाकृत रूपमा माथि उठ्न नसकेको भन्दै अर्थ मन्त्रालयले यस्ता धराशायी सार्वजनिक संस्थान सुधारका लागि विशेष कार्यदल बनाएर अघि बढ्ने प्रक्रिया […] The post धराशायी संस्थान सुधारका लागि अर्थ मन्त्रालयले बनायो कार्यदल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सरकारले स्वदेशी स्टिल उद्योगलाई धराशायी बनाउन लागेको आरोप

सांसदहरुले स्वदेशी स्टिल उद्योगलाई धराशायी बनाउन लागेको आरोप लगाएका छन् ।आयातित बिलेटमा अन्तशुल्क बढाउने सरकारको नीतिगत निर्णय मान्य नहुने चेतावनी दिदै शुक्रबारको बैठकमा प्रतिनिधिसभाका सांसदहरु प्रकाश रसाईली, भिमसेनदास प्रधान र प्रमोद साहले स्वदेशी स्टिल उद्योगलाई धराशायी बनाउने गरी आएको सो नीति तत्काल फिर्ता नलिए अर्थमन्त्री जनार्दन शर्मालाई माफी नदिन नसकिने पनि बताए ।सांसद रसाईलीले सरकारले […]