सिन्धुली – लगातार दुई दिनदेखिको वर्षाले सिन्धुलीमा पर्ने मध्यपहाडी लोकमार्गको ठाँउ–ठाँउमा पहिरो खसेर अवरुद्ध भएको छ ।
मध्यपहाडी लोकमार्गको ६१ किलोमिटर लामो खुर्कोट–घुर्मी खण्डमा आधा दर्जन भन्दा बढी ठाँउमा पहिरो खस्नाले यातायात सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार खुर्कोट–घुर्मी खण्डमा हैबार अक्करे भिर, कुखुरेटार, कालिआँप, सोखुखोला र नागथान लगायतका ठाँउमा माथिबाट पहिरो आएको छ । पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदा दशैँमा टिका लगाएर आफ्नो गन्तव्यमा हिँड...