जनकपुरधाम : जनकपुरधाम स्थित श्री जानकी मन्दिरमा कोसेली भित्र्याएर विशेष पूजापाठका साथ आज बुधबार पनि कोजाग्रत पूर्णिमा मनाइएको छ।बेमौसमी अविरल वर्षाको कारण यस वर्षको कोजाग्रत पर्व प्रभावित बन्यो। कात्तिक पूर्णिमाको दिन मनाईने कोजाग्रत यस वर्ष हिजो मंगलबार र आज बुधबार गरि दुई दिन मनाइएको छ। मिथिलामा कोजाग्रतलाई कोजगरा पनि भनिन्छ।माता सीताजीलाई छोरी मान्दै महोत्तरीको रतौली गाविसमा गएको १ सय २० वर्षदेखि निरन्तर स्वर्गीय महेन्द्र ठाकुरको परिवारजनले जानकी मन्दिरलाई भार (कोसेली) पठाउने गरेको