काठमाडौं : मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस गर्न गठित कार्यदलले तोकिएको समयसीमाभित्रै मिटरब्याजी अपराध नियन्त्रणका उपाय सहितको प्रतिवेदन बुझाएको छ। कार्यदलका संयोजक डा.भीष्मकुमार भुसालले सोमबार गृहमन्त्री खाणसमक्ष प्रतिवेदन पेश गरेका हुन्। कार्यदलले नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट आई काठमाडौं माइतीघर मण्डला क्षेत्रमा धर्ना दिँदै आएको ‘मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति’ सँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अध