कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राखेका मागहरूको सम्बोधन गर्नका लागि कार्यदल गठन गरिएको छ । माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री नरेश भण्डारीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा एमालेको तर्फबाट गुलाबजङ्ग शाह र एकीकृत समाजवादी दलको तर्फबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही रहेका छन् ।एमालेले प्रदेश सरकारले सञ्चालन गरेका पुराना अलपत्र योजनाहरूलाई पूर्णता दिनुपर्ने, विगतमा प्रदेश सरकारले छानेर पूरा हुन नसकेका आयोजनामा बजेट व्यवस्थापन गर्नुपर्ने र ब