बिलन्दुको पहिरो जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न पहल

पहिरोको जोखिममा रहेको चम्पादेवी गाउँपालिका–८ बिलन्दुको जोखिमयुक्त बस्ती अन्यत्र स्थानान्तरण गर्न पहल गरिएको छ । गत असार ७ गते राती गाउँ माथि बाट आएको पहिरोले घर पुरिदा एकै परिवारका चार जनाको ज्यान गएको थियो ।

सम्बन्धित सामग्री

पर्वतमा जोखिममा रहेका बस्ती स्थानान्तरण हुने

पर्वत । बर्खायाममा पहिरो र बाढीको जोखिममा पर्न सक्ने बस्तीलाई स्थानान्तरण गरिने भएको छ । पर्वतस्थित जिल्ला विपद् व्यवस्थापन समितिले कुश्मा नगरपालिका र जलजला गाउँपालिकाका पाँचओटा बस्ती स्थानान्तरणका लागि माग गर्दै राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सिफारिश गरेको छ । स्थानान्तरण गर्नुपर्ने बस्तीमा कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारी बस्ती, कोटघर कोट गाउँ र नुवारखोला रहेका छन् भने जलजला गाउँपालिका–४ को गौरेटे बस्ती र फर्सेलाई स्थानान्तरणका लागि सहयोग गर्न अनुरोध गर्दै सिफारिश गरिएको छ । त्यस्तै कुश्मा नगरपालिका–१२ ठुलीपोखरीको राम्चेमुनी बस्तीलाई स्थानान्तरण गर्न यसअघि नै सिफारिश गरिसकिएकाले त्यसका लागि प्राविधिक सहयोग गर्न सम्बन्धित निकायमा सिफारिश गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् । विपद् पूर्वतयारीस्वरूप बस्ती स्थानान्तरणको पहल भएको उनको भनाइ छ । गएको वर्षको बाढीपहिरोका कारण पर्वतका ६ सय १ घर स्थानान्तरण तथा पुनर्निर्माणको सूचीमा परेका छन् । तीमध्ये ८५ ओटा घर अति जोखिममा रहेकाले तत्कालै व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम प्राधिकरणले बजेट निकासा गरेको थियो । तर, गण्डकी प्रदेश सरकार र स्थानीय तहको समन्वय अभावले बजेट निकासा नहुँदा प्रभावित परिवारको पुनःस्थापना बीचमै रोकिएको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न गतवर्ष नै सिफारिश गरेर पठाइएकोमा आशिंक माग मात्रै सम्बोधन भएको बताए । जोखिममा रहेका बस्ती तत्कालै स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।   मनसुनका करिब एक सय दिन (असार–असोजसम्म) वर्षेनि ठूलो जनधनको क्षति हुने गरेको छ । पर्वतमा विशेषगरी नदी किनारका तटीय क्षेत्रमा बढी जोखिम हुने गरेको छ भने भिरालो स्थानमा रहेका गाउँबस्तीका बासिन्दा वर्षायाम शुरू भएदेखि नै पहिरोको त्रासमा रहन्छन् । प्रमुख जिल्ला अधिकारी संयोजक रहने जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रवार सम्पन्न बैठकले विपद् प्रतिकार्य योजना पारित गरेको छ । बैठकले जिल्लाका सबै स्थानीय तहका प्रमुख एवं प्रतिनिधि, सञ्चारकर्मी, उद्योगी व्यवसायी र सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको सहभागितामा छलफल गरी प्रतिकार्य योजना पारित गरेको हो । मौसमविद्का अनुसार यस वर्ष धेरै वर्षा हुने र बाढी पहिरो, चट्याङ, हावाहुरी लगायत विपद्का घटनाबाट धेरै धनजनको क्षति हुने पूर्वानुमान गरिएको छ । सोही अवस्थालाई लक्षित गर्दै मनसुनपूर्व नै प्रतिकार्य योजना बनाएर अघि बढ्ने तयारी गरिएको प्रजिअ खत्रीले बताइन् ।