भोकालाई माम, बेरोजगारलाई काम, बेखर्चीलाई दाम ! यात्रुलाई रेल, खेलाडीलाई खेल, खेल जित्न झेल, बेमेललाई मेल, सेल पकाउनलाई तेल, सुक्खा बारीमा बाढीको भेल, अपराधीलाई जेल, नभए फेल ! छुमन्तरको भरमा गाउँठाउँमा विकास, सबै नेपाली सुखी र समृद्ध !.......यी त भए दलहरुका घोषणापत्रमा पढ्न र हेर्न पाइने चटपटे कुरा । घोषणापत्र भन्दा पनि दलहरुका चुनाव चिह्न अझै स्वादिला छन् । यति स्वादिला कि चुनाव चिह्न सम्झन थालेपछि न भोक लागेको थाहा हुन्छ, न रोग लागेको पनि पत्तो पाइन्छ । अर्को पाराले भन्दा चुनाव चिह्नको दर्शन गर्न थालेपछि भोक र ...