तनहुँका करिब ७३ हजार बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने भएको छ । चैत २५ देखि वैशाख १८ सम्म चल्ने राष्ट्रिय खोप अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्षमुनिका ७३ हजार ३७४ जना बालबालिकालाई उक्त खोप दिन लागिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।