तत्कालीन नेकपा एमालेका उपाध्यक्ष एवम् नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एकाएक सक्रियता बढाएका छन् । स्थानीय तह निर्वाचनमा निष्क्रिय रहेका उनी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको चर्चा सुरु हुनासाथ सक्रिय भएका हुन् ।तत्कालीन नेकपा फुटाउन भूमिका खेलेको आरोप खेपेका गौतम पुनः वाम तालमेल गरेर नेकपा जुटाउने अभियान जुटेका हुन् । गत शनिबारदेखि सुरु भएको पार्टी एकता राष्ट्रिय अभियानको दोस्रो बैठकमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै गौतमले नेकपा जुटाएरै छोड्ने प्रतिवद्धता जनाए ।