काठमाडौं। निषेधाज्ञाको अवज्ञा गरी चलाइएका २९० वटा सवारी साधनलाई आज काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ। होल्ड गरिएकामध्ये २४२ वटा दुई पाङग्रे, ४२ वटा चार पाङ्ग्रे, ३ वटा ट्याक्सी र ३ वटा अन्य ठूला सवारी साधन छन्। काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमती लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेका छन्।