राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लब र चन्द्रपुर खेल्दै

काठमाण्डाै - राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आज नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका रौतहटबीच खेल हुँदैछ ।  खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । पुलिस ८ खेलमा ११ अंक जोडेर अङ्क तालिकाको चौंथो स्थानमा छ भने चन्द्रपुर ६ अङ्क जोडेको छैठौं स्थानमा  छ । खेलमा अहिलेसम्म अपराजित एपीएफ भने २४ अङ्क जोडेर शीर्ष स्थानमा छ ।

सम्बन्धित सामग्री

महिला लिगमा वालिङ र चन्द्रपुर नगरपालिका खेल्दै

काठमाण्डाै - राष्ट्रिय महिला लिग फुटबलमा आज वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका खेल्दै छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २ बजे हुने खेलमा दुवै टिम जित निकाल्ने दाउमा हुनेछन् । वालिङ ११ खेलमा १४ अंक जोडेर लिगको पाँचौं स्थानमा छ । चन्द्रपुर ९ अंक जोडेर छैठौं स्थानमा रहेको छ । राष्ट्रिय महिला लिग फुटबलको उपाधि एपीएफले जितिसकेको छ । हिजो खेलमा त्रिभुवन आर्मी र पुलिस क्लबले बराबरी खेलेसँगै एपीएफले उपाधि जितेको थियो ।

राष्ट्रिय महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदै

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदैछन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा दिउँसो १२ बजे हुने खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी तथा दिउँसो तीन बजे एपीएफ र विराटनगर महानगरपालीका खेल्दैछन् । उपाधि नजिक पुगेको विभागीय टीम एपीएफकी सावित्रा भण्डारी भने चोटका कारण खेल्न नसक्ने भएकी छन् । अंकतालिकाको शीर्ष स्थानमा रहेको एपीएफले १० खेलमा ३० अङ्क जोडेको छ । एपीएफले एक खेल जिते मात्रै उपाधि जित्नेछ । १० खेलमा २५ अङ्क जोडेको आर्मी लिगको दोस्रो स्थानमा छ । आर्मीले पुलिसको ख...

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाण्डौ – राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा दिउँसो १२ बजे एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्ने छन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो ३ बजे विराटनगर महानगरपालिका र वालिङ नगरपालिका  स्याङजा खेल्ने छन् । यस अघि हिजोको खेलमा त्रिभुवन आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–१ गोल अन्तरले हराइको थियो ।

राष्ट्रिय महिला लिग : त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिका खेल्दै

काठमाण्डाै - राष्ट्रिय महिला लिगमा आज त्रिभुवन आर्मी क्लब र रौतहटको चन्द्रपुर नगरपालिकाबीचको खेल हुँदैछ । यी दुई समूहबीचको खेल एन्फा कम्प्लेक्समा दिउँसो २  बजेदेखि सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा विराटनगर महानगरपालिकाले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–१ गोलले हराएको छ । यस्तै सशस्त्र प्रहरीको एपीएफ क्लबले वालिङ नगरपालिकालाई ६–० गोलले पराजित गरेको छ । एपीएफको लागि सावित्रा भण्डारीले मात्रै पाँच गोल गरेकी थिइन् । एपीएफले अहिलेसम्मका सबै खेल जित्दै २७ अङ्क बनाएर शीर्ष स्थानमा रहेको छ ।

नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीको जित

राष्ट्रिय महिला लिग फुटबल विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा मंगलबार जित निकालेका छन् ।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा मंगलबार सम्पन्न दिनको पहिलो खेलमा आर्मीले वालिङ नगरपालिका स्याङ्जालाई २–० ले पराजित गर्दा अर्को खेलमा पुलिसले विराटनगर महानगरपालिकालाई ३–० ले पराजित गर्दा मंगलबार विभागीय टोलीले […]

राष्ट्रिय महिला लिग फुटबलमा आज चन्द्रपुर नगरपालिका र एपीएफबीचको खेल हुँदै

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा आज चन्द्रपुर नगरपालिका रौतहट र एपीएफ क्लब खेल्दै छन् । यी दुई समूहबीचको खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्समा हुनेछ । लिगमा एपीएफ १८ अंकसहित शीर्ष स्थानमा रहेको छ । यसअघि हिजो भएको खेलमा त्रिभुवन आर्मीले स्याङजाको वालिङ नगरपालिका र नेपाल पुलिस क्लबले मोरङको विराटनगर महानगरपालिकालाई हराएको थियो ।

महिला लिग : पुलिससँग ३–० ले हार्‍याे विराटनगर

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले मोरङको विराटनगर महानगरपालिकालाई हराएको छ । मङ्गलवार भएको दोस्रो खेलमा पुलिसले विराटनगरलाई तीन–शून्यले हराउँदै तेस्राे जित निकालेको हो ।  पुलिसका लागि निरु थापाले दुई र निर्मला उपाध्यायले एक गोल गरिन् । निर्मलाले खेलको ४१ औँ मिनेटमा गोल गर्दा निरुले ५७ औँ र र ६० औँ मिनेटमा गोल गरिन् । जितसँगै पुलिस ११ अङ्कका साथ लिगको चौथो स्थानमा छ । वालिङसँग समान ११ अङ्क रहे पनि गोल अन्तरका आधारमा पुलिसपछि परेको हो । विराटनगर आठ खेलमा १० अ...

राष्ट्रिय महिला लिग: चन्द्रपुर र नेपाल पुलिस भिड्दै

काठमाडौं: राष्ट्रिय महिला लिगमा आज एक खेल हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका भिड्नेछन्। खेल दिउँसो २ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा ४ खेलबाट ५ अंक जोड्दै चौथो स्थानमा रहेको पुलिस आजको खेलमा जित निकाल्दै दोस्रो स्थानमा उक्लने होडमा हुनेछ। त्यस्तै ४ खेलबाट ३…

पहिलो पोस्ट

राष्ट्रिय महिला लिग: नेपाल पुलिस क्लब र चौदण्डीगढीबीच खेल हुँदै

काठमाण्डाै - राष्ट्रिय महिला लिग फुटबलमा आज नेपाल पुलिस क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच खेल हुँदै छ । सातदोबाटोमा रहेकाे एन्फा कम्प्लेक्समा दिउँसो २ बजे यी दुई समूहबीचको खेल हुने भएको हो । आज नेपाल पुलिस क्लब र चौदण्डीबीचको खेलमात्रै हुनेछ । उपाधि दाबेदार मानिएको पुलिसका लागि यस खेल महत्त्वपूर्ण र...

राष्ट्रिय महिला लिग फुटबल : आर्मी र पुलिस बराबरीमा

दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा गोलरहित बराबरी खेलेका छन् ।  बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलबाट दुवै टोलीले अंक...

नयाँ पत्रिका

राष्ट्रिय महिला लिग सुरू

राष्ट्रिय महिला लिग फुटबलको पहिलो खेलमा दुई विभागीय टोलि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब एक आपसमा भिड्दै। खेल बराबरीमा टुंगिएको छ। तस्बिरः निशा भण्डारी

सेतोपाटी