मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज २७ गतेसम्म आठ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। यो नौ अर्ब रुपैयाँको वार्षिक लक्ष्यको करिब ९२.५४ प्रतिशत हो। नेपाल–चीन सीमास्थित कोरला नाकाबाट हुने व्यापारको जाँचपास गर्दै आएको कार्यालयका प्रमुख विदुर चुडालका अनुसार तीन महिना पूरा नहुँदै राजस्व संकलन वार्षिक लक्ष्यनजिक […]