नीति अनुसन्धान प्रतिष्ठान स्थापनाको ३ वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ l
वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानले उत्कृष्ट कर्मचारी पुरस्कार तथा ‘नीति सम्मान’ वितरण समेत गरेको छ l
विकास समिति गठन आदेश अनुसार २०७५ असोज १० मा स्थापित भएको यस सरकारी थिंक ट्याङ्क (सोच केन्द्र) मा विभिन्न देशमा अनुभव सँगालेर फर्किएका वा स्वदेशमा उच्च ज्ञान हासिल गरेका विषयगत विज्ञहरू कार्यरत छन् l
यस संस्थाले नयाँ नीतिहरूको आवश्यकता औँल्याउने, पुराना/मौजुदा नीतिको समीक्षा/परीक्षण गरी परिमार्जन या खारेजीको लाग...