कोभिड–१९ ले सुस्ताएको सबै क्षेत्र सुस्ताएको छ। खेलकुद क्षेत्र विस्तारै उठ्न प्रयासमा छ। नेपाल र बंगलादेश बीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिताले खेलकुद क्षेत्रलाई नयाँ आयाम दिने छ।
भैरहवा र पोखराका पर्यटन व्यवसायीले पर्यटन क्षेत्र चलायमान बनाउन सहकार्य गरेर अगाडि बढ्ने बताएका छन्।
होटल संघ पोखराले सञ्चालन गरेको ‘जाउँ है पोखरा’ अभियानअन्तरर्गत भैरहवामा शनिबार भएकोे पत्रकार भेटघाट एवं अन्तरक्रिया...
सरकारले पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन पुनरुत्थान गर्दै यस क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय भएको जानकारी दिनुभयो । होटल सङ्घ नेपाल (हान) ले आयोजना गरेको आतिथ्यता सम्मेलन ‘नेपाल हस्पिटालिटी कन्क्लेभ–२०२२’ का …
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) वार्षिक साधारण सभामा बोल्दै मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई आकर्षित र विकास गर्ने गरी सरकारले काम गरिरहेको बताए। मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्रलाई पुनः उत्थान गर्नका लागि सरकारले कार्य योजना बनाएर त्यसको […]
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडका कारण ठप्प बनेको पर्यटन क्षेत्र विस्तार चलायमान बन्न थालेको बताएका छन् । उनले पर्यटन क्षेत्रको प्रवर्द्धन र पर्यटकहरूको आगमन बढाउनका लागि पर्यटन प्रवर्द्धन गर्न कार्यक्रमहरू ल्याउन निजी क्षेत्रसँग आव्हान गरे । भृकुटीमण्डपमा नेपाल चेम्बर अफ कमर्सले गरेको ‘नेपाल चेम्बर एक्स्पो–२०२२’ को समुद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्ता एक्स्पोहरूमा नेपालको पर्यटन […]
बिहीवारदेखि यो वर्षको दशैं पर्व शुरू भएको छ । आफन्त, इष्टमित्र, घरपरिवारसँग बसेर रमाइलो गर्ने अवसर जुराइदिने यस पर्वले मुलुकको अर्थतन्त्रमा पनि उल्लेख्य टेवा पुर्याउँछ । अर्थतन्त्रका विभिन्न आयामसँग जोडिने यो पर्वले पर्यटन क्षेत्रमा पनि उत्तिकै महŒव राख्छ । वर्षभरमा सर्वाधिक बिदा हुने समय पनि दशैं नै हो । यसबेला परिवार, साथीसंगी विभिन्न गन्तव्यमा जान रुचाउँछन् ।
घमाइलो र रमाइलो सिजन अर्थात् पर्यटकीय सिजनको रूपमा लिइने अक्टोबर महीनामा दशैं पर्दा यसको महत्त्व अझ बढी हुनेगर्छ । मानिसहरू घुम्न निस्कने र विदेशी पर्यटक पनि नेपाल आउने उपयुक्त समय पनि यही भएकाले दशैंले पर्यटन क्षेत्रलाई समेत चलायमान बनाउँछ । सन् २०१९ देखि निरन्तर ओरालो लागेको मुलुकको पर्यटन सन् २०२१ मा उकालो लाग्ने आशाको किरण देखिएको छ । सन् २०२० को शुरूदेखि नै कोरोना भाइरस (कोभिड–१९) का कारण सबैभन्दा बढी थलिएको पर्यटन क्षेत्र अहिले विस्तारै लयमा फर्किने क्रममा छ ।
कोरोना संक्रमण दर घट्दो क्रममा रहेको, कोभिडविरुद्धको खोप र सरकारले हालै अनअराइभल भिसा खुला गर्नु तथा तुरुन्तै परेको दशैंका कारण पनि पर्यटन क्षेत्रमा आशाको किरण देखिन थालेको हो । मुलुकका प्रसिद्ध पर्यटकीय गन्तव्यका पर्यटन व्यवसायीले दशैंका कारण व्यवसायमा उत्साह देखा पर्न थालेको बताएका छन् । अहिले न्यूनतम १० प्रतिशतसम्म रहेको अकुपेन्सी दशैंसम्ममा औसतमा ४० प्रतिशतसम्म पुग्ने व्यवसायीहरूको अनुमान छ । आन्तरिक र भारतीय पर्यटकबाट पनि राम्रो बुकिङ भइरहेको उनीहरूको भनाइ छ ।
होटेल एशोसिएशन नेपाल (हान) चितवन च्याप्टरका अध्यक्ष दीपक भट्टराई दशैं पर्वका कारण निकै उत्साहित छन् । ‘अहिले आन्तरिक पर्यटक बढ्ने क्रम जारी छ,’ उनले भने, ‘आन्तरिक पर्यटकको बुकिङ पनि आएको छ र भारतीय पर्यटक पनि आउन शुरू गरेका छन् । साथै तेस्रो मुलुकबाट पनि छिटफुट रूपमा पर्यटक आएका छन् ।’ अहिले चितवन र सौराहाका होटेल ३० प्रतिशतसम्म बुकिङ भइसकेको उनी बताउँछन् । होटेल बुकिङ गर्नेहरूमा भारतीय बढी रहेका छन् । उनीहरूले बढीमा ३ दिनसम्मका लागि बुकिङ गरेको पाइन्छ । दशैंका लागि बुकिङ गर्नेहरूको क्रम बढेकाले पर्यटन क्षेत्रले लय समात्न लागेको हो कि भन्ने देखिएको छ ।
अहिले आन्तरिक पर्यटक आगमन करीब १५ प्रतिशतसम्म रहेको र दशैंसम्ममा ४५ प्रतिशतसम्म अकुपेन्सी पुग्ने सम्भावना रहेको भट्टराई बताउँछन् । यस्तै धारणा हान च्याप्टर पोखराका अध्यक्ष विकल तुलाचनको छ । दशैंको नजिकतिर आन्तरिक पर्यटन बढ्ने सम्भावना रहेको उनी बताउँछन् । कोभिडको समयमा १० प्रतिशतमा रहेको अकुपेन्सी दशैं नजिकिँदै गर्दा ३५ प्रतिशतसम्म पुग्ने आकलन गरिएको उनको भनाइ छ ।
सरकारले भर्खरै बाह्य पर्यटकका लागि नेपाल आवागमन सहज बनाएकाले तत्काल दोस्रो तथा तेस्रो मुलुकका पर्यटक आउने सम्भावना कम छ । त्यसकारण पनि अहिले व्यवसायीहरू आन्तरिक पर्यटकमा नै भर परेका छन् । आन्तरिक पर्यटकबाट नै दशैंमा पर्यटन क्षेत्रमा चलहपहल हुने आशामा व्यवसायी छन् । चाडपर्वको समयमा आन्तरिक पर्यटकको घुम्ने बानी, बुकिङको अवस्था र चासोले पनि व्यवसायीहरू उत्साहित देखिएका हुन् । यो सब कोभिडविरुद्धको खोप र आवतजावतमा खुकुलो नीतिका कारण नै सम्भव भएको छ ।
पोखराका होटेलको अकुपेन्सी अहिले न्यून नै रहेको तुलाचन बताउँछन् । चाडपर्वको समय भएकाले दशैंतिहारसम्ममा अकुपेन्सी बढ्ने अपेक्षा रहेको उनको भनाइ छ । पर्यटकीय याम भए पनि विदेशी पर्यटक आउने सम्भावना कम छ । सरकारले ढिलो गरी विदेशी पर्यटक आगमन नीति खुला गरेकाले नेपाल आउने पर्यटक पनि आउनबाट वञ्चित भएको उनको भनाइ छ ।
यस्तै काठमाडौं उपत्यकाबाट नजिकको गन्तव्य मानिने नगरकोट, धुलिखेलमा पनि दशैंले उत्साह थपेको छ । धुलिखेलका होटेल व्यवसायी प्रेमकण्ठ श्रेष्ठले दशैंका लागि ३० प्रतिशतसम्म बुकिङ भइसकेको बताए । अबको सोमवारसम्म लगभग होटेलहरू भरिने सम्भावना रहेको उनको भनाइ छ । २/३ महीना अघिदेखि नै पर्यटनमा राम्रो संकेत देखापरेको बताउने श्रेष्ठ ‘धेरै मानिसले खोप लगाइसकेको र व्यवसायीहरूले पनि खोप लगाएकाले पर्यटनमा सकारात्मक किरण देखिएको छ,’ भन्छन् । यद्यपि विदेशी पर्यटकभन्दा आन्तरिक पर्यटक नै बढी आइरहेको र बुकिङ पनि उनीहरूबाटै बढी भइरहेको उनी बताउँछन् ।
यसैगरी एयरलाइन्स कम्पनीहरूले पनि दशैं अफ नै भनेर घोषणा नगरे पनि विभिन्न सस्तो प्याकेज ल्याएका छन् । दशैंका लागि हालसम्म ७० प्रतिशत बुकिङ भइसकेको बताउने एयरलाइन्स कम्पनीहरूले प्रसिद्ध गन्तव्यका लागि सस्तो प्याकेज ल्याएका हुन् । त्यसमध्ये बुद्ध एयर एउटा हो । आन्तरिक गन्तव्य पोखराका लागि बुद्धले रू. ८ हजारको २ रात ३ दिनको प्याकेज ल्याएको छ । दशैं अफर नै नभने पनि असोज २५ गते मनाउने गरेको आफ्नो २४औं वार्षिकोत्सवको अवसर पारेर सस्तो प्याकेज ल्याएको छ । यसअन्तर्गत रू. ७ हजार ९९९ मा काठमाडौं–पोेखरा उडानमा २ रात ३ दिनसम्म पोखरामा बसेर घुम्न पाइन्छ ।
यस्तै बुद्ध होलिडेले भैरहवा–पोखरा रू. ८ हजार ९९९, नेपालगञ्जबाट पोखराका लागि रू. १० हजार ९९९ र सिमरा–पोखराका लागि रू.९ हजार ९९९ को प्याकेज ल्याएको छ । यसले पनि पर्यटकीय गन्तव्य पोखरामा आन्तरिक पर्यटकहरू पुग्ने विश्वास गर्न सकिन्छ । बुद्ध एयरका अनुसार अधिकांशको रोजाइ पोखरा नै पर्ने गरेको छ । नेपालमा घुम्न लागि सुगम र रमणीय गन्तव्यको रूपमा काठमाडौं उपत्यका, पोखरा, चितवन, नगरकोट, लुम्बिनी, धुलिखेल जस्ता पर्यकीय गन्तव्य त छँदै छन्, त्यसबाहेक पर्वतारोहण र ट्रेकिङ पदयात्राका लागि मनास्लु, मुस्ताङ, हुम्ला, तत्लो डोल्पा, कञ्चजंगा, माथिल्लो डोल्पा प्रसिद्ध गन्तव्य मानिन्छन् ।
नेपाल पर्यटन तथ्यांक २०२० अनुसार नेपालमा सर्वाधिक पर्यटक आएको वर्षका रूपमा सन् २०१९ लाई लिइन्छ । यस वर्ष ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल घुम्न आएका थिए । पर्यटक नेपाल आउने प्रमुख देशमा भारत, चीन, अमेरिका, बेलायत, श्रीलंका, म्यान्मा र थाइल्यान्ड हुन् । खासगरी सन् २०१९ मा बिदा मनाउन ७ लाख ७८ हजार १७३ जना पर्यटक आउँदा सन् २०२० मा भने यो संख्या १ लाख ३९ हजार २०२ मा झरेको थियो ।
सन् २०१९ मा धार्मिक पर्यटक १ लाख ९७ हजार ७८६ आएका थिए भने सन् २०२० मा २८ हजार ५३० आएका थिए । यस्तै ट्रेकिङ तथा पर्वतारोहणका लागि सन् २०१९ मा १ लाख ७१ हजार ९३७ पर्यटक आएकोमा सन् २०२० मा यो संख्या ३५ हजार ८९३ रहेको थियो । नेपालको पर्यटन पुरानै अवस्थामा फर्कन अझै केही वर्ष कुर्नुपर्ने देखिन्छ । सन् २०२१ को सेप्टेम्बरसम्म जम्मा ७६ हजार ८६४ विदेशी पर्यटक नेपालमा आएका छन् । यो संख्या हेर्दा सन् २०२१ मा पनि नेपालमा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने सम्भावना देखिँदैन । आन्तरिक पर्यटक र चाडपर्वको अवसरले नेपाली पर्यटन क्षेत्र भरथेग भई विस्तारै लयमा फर्कनसक्ने अवस्था भने विद्यमान छ ।
पर्यटन व्यवसायी नवराज अधिकारीले १ हप्तायता बिहानै पसल खोल्न थालेका छन् । विगतमा कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र बिस्तारै चलायमान हुन थालेपछि उनी व्यापार हुने आशामा असोज १ गतेदेखि बिहान ७ बजे नै पसल आउने गरेका छन्, अन्य बेला उनी बिहान १० बजेपछि मात्र पसल आउँथे ।
लेकसाइडस्थित एड्भेञ्चर ट्रेकिङ शप चल्तीको पसल हो । पसलमा डेढ करोड लगानी परेको छ । कोरोनाले अघिल्लो वर्षझैं उनले यस वर्ष वैशाखदेखि नै व्यापार गर्न सकेनन् । ४० लाख हाराहारीमा घाटा भएको उनको अनुमान छ ।
पदयात्रा जाने पर्यटकहरू लक्षित गरी आवश्यक सामग्रीलगा...
कोरोना भाइरस संक्रमण कमजोर हुँदै गएको भन्दै पर्यटन व्यवसायीले पर्यटन क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । त्यसका लागि पर्यटकीय गन्तव्य खुला गर्दै व्यवसायीले व्यवसाय सुचारु गनुपर्ने उनीहरुले बताए ।...
काठमाण्डाै – कोभिड–१९ महामारीका कारण शिथिल बनेको देशको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य हुने भएको छ ।
नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हैल र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीबीच पर्यटन बोर्डमा सोमबार भएको भेटवार्तामा दुवै देशबीच पर्यटन प्रर्वद्धन गर्ने विषयमा सकारात्मक कुराकानी भएको छ । दुई देशबीच पर्यटन प्रवर्द्धनको पर्याप्त सम्भावना रहेको र मिलेर काम गरे पर्यटन उद्योगलाई थप चलायमान बनाउन सकिने विषयमा छलफल भएको बोर्डले आज विज्ञप्...