काठमाडौं : सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु २०२२’को चौँथो संस्करणको आवेदन खुला गरिएको छ। साउन २१ गतेदेखि सुरु हुने अडिसनको तयारी पूरा भइसकेको आयोजक संस्था जह इन्टरटेनमेन्ट प्रालिले जानकारी दिएको छ।
प्रतियोगितामा सहभागी हुन चाहने युवायुवतीहरुले आधिकारिक वेबसाइट रजिस्ट्रेशन डट जहइन्टरटेनमेन्ट डटकममा गई आवेदन दिन सकिने छन्। त्यस्तै, खल्ती एपमार्फत…